धरानमा कांग्रेसको मूल निर्वाचन परिचालन समिति गठन

धरान । आसन्न स्थानीय निर्वाचनमा पाटीका उम्मेदवारलाई विजय गराउन धरानमा कांग्रेसले मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस क्षेत्रीय समितिको बैठकले सभापति सुरेशमान श्रेष्ठको संयोजकत्वमा धरानमा रहेका पाटीका केन्द्र, जिल्ला, क्षेत्र, नगर र वडा समिति, पाटीका भातृ तथा शुभेच्छुक संघसंस्था र क्रियाशील सदस्यहरु रहेको ४२१९ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए ।

उनका अनुसार अन्य आवश्यक विभिन्न समितिहरु समेत गठन भएको छ । प्रा.गंगा प्रसाद चौंलागाईको संयोजकत्वमा घोषणापत्र तयारी समिति, सुरेशमान श्रेष्ठको संयोजकत्वमा अन्तर पाटी समन्वय समिति, उमेश थापाको संयोजकत्वमा आर्थिक समिति, सन्तोष वि.क.को संयोजकत्वमा यूवा परिचालन समिति, मदन ढकालको संयोजकत्वमा निर्वाचन अनुगमन समिति, प्रा. बद्री तामाङको संयोजकत्वमा वुद्धिजीवी परिचालन समिति, निर्मला शाक्यको संयोजकत्वमा महिला परिचालन समिति, कमल पोखरेलको संयोजकत्वमा सामाजिक संघसंस्था परिचालन तथा समन्वय समिति, श्याम पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति, आइतराज राईको संयोजकत्वमा सुकुम्वासी समन्वय समिति, प्रेमकुमार राईको संयोजकत्वमा आदिवासी जनजाति समन्वय समिति, युवराज शंकरको संयोजकत्वमा दलित समन्वय समिति, वालकुमार राईको संयोजकत्वमा विद्यार्थी परिचालन समिति, सुरेशमान श्रेष्ठको संयोजकत्वमा समन्वय तथा सहजिकरण समिति, विकास कुमार गुवाजुको संयोजकत्वमा खेलकुद समिति, पदमसुन्दर लिम्वुको संयोजकत्वमा मजदुर परिचालन समिति, सूवर्ण पलिखेको संयोजकत्वमा कला तथा सांस्कृतिक समिति, शिवराज श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य क्षेत्र समन्वय समिति, राजेन्द्र साहको संयोजकत्वमा उद्योगी तथा व्यापारी परिचालन समिति, अलिम अन्सारीको संयोजकत्वमा मधेशी, मुस्लिम, अल्पसंख्यक, पिछडा वर्ग परिचालन समिति गठन भएको छ ।
सहमतिका लागि प्रतिनिधि खटाउने
धरानका २० वडा मध्ये ६ वडाको उम्मेदवार सर्वसम्मत छनौट भएको र वांकी वडाहरुमा आकांक्षीहरु धेरै भएकाले सहमति कै आधारमा उम्मेदवार छनौट गर्न प्रतिनिधि खटाउने निर्णय समेत गरेको तामाङले बताए । उनका अनुसार १ नं. मा मदन ढकाल, २ नं. मा सुरेशमान श्रेष्ठ, ३ नं. मा महेन्द्र प्रधान, ६ नं. मा धनवहादुर कटवाल, ७ नं. मा रत्न रिमाल, ८ नं. मा सागर प्रसाई, ९ नं. मा सुजेन्द्र तामाङ, १० नं. मा तिलक राई, ११ नं.मा मुरारी भटराई, १२ नं. मा मुकेश थापा, १४ नं. मा सन्तोष सापकोटा, १५ नं. मा उमेश थापा, १७ नं. मा पर्वत राई र १९ नं. मा प्रेमकुमार राई लाई प्रतिनिधि खटाइएको छ ।
मेयर र उपमेयरको सिफारिस वडा वडावाट प्राप्त
नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार मेयर र उपमेयर पदका सम्भावित उम्मेदवारको नामावली धरानका सबै वडावाट क्षेत्रीय समितिमा सिफारिस भईआएको क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले बताए । उनका अनुसार मेयरका लागि सुजेन्द्र तामाङ, पर्वत राई, तिलक राई, किशोर राई, विनोद राई, संदिप श्रेष्ठ, धनबहादुर कटवाल, गोविन्द दर्नाल, लक्ष्मी खतिवडा, शैलेस कोइराला र डा. गोपाल भण्डारीको नाम सिफारिस भएका छन् । त्यस्तै उपमेयरका लागि श्यामा रेग्मी, निलकुमारी गिरी(थापा), मिना पुलामी, उर्मिला प्रधान, मनिता घिमिरे, शिला बज्रचार्य, चन्द्रशेखर लामा, महेन्द्र तामाङ, रत्ना सुब्बा, धनबहादुर कटवाल, गोविन्द दर्नाल, कुसुम आचार्य, नेत्रकुमारी राई, सन्तोष वि.क., हिमाल राई, तारादेवी राई र फुलमाया तामाङको नाम सिफारिस भएका छन् । प्राप्त सिफारिसका आधारमा क्षेत्रीय समितिले परिपत्रको अधिनमा रही बैशाख ३ गते भित्र जिल्लामा नाम पठाइने उनले बताए ।