तामाङ समाज मलेसियाद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग


भोजपुर ।
प्रवासको भुमिमा लाखौं नेपालीहरु कार्यरत छन् , प्रवासमा रहेर पनि नेपाली भुमीको मायालाई बिर्सन सकिन्दैन । नेपाली कसैलाई पनि पीडा भएको , चोट लागेको , रोगी भएको हेर्न सक्दैनन् प्रवासका नेपालीहरु जसको एक उदाहरण हो तामाङ समाज मलेसिया । विगत धेरै वर्षदेखि नेपालीहरुको घाउमा मलम पट्टी लगाउने काम तामाङ समाज मलेसियाले गर्दै आएको छ ।
तामाङ समाज मलेसियाले निरन्तर स्याबासीका कामहरु गर्दै आईरहेको छ । हालैमात्र मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वाड न: १५ चुरियामाई निवासी ४० वर्षिय लक्ष्मी स्याङतान तामाङको दुबै मृगौलाले काम गर्न छाडेपछि उनी समस्या परेकी थिईन । लक्ष्मीको श्रीमानले श्रीमतीको लागि मृगौला प्रत्यारोपण गर्ने भएको भएता अस्पातलको लागि खर्च उनीहरूसित पर्याप्त थिएन । तर लक्ष्मीको पिडालाई तामाङ समाज मलेसिया सहन सकेन । तामाङ समाज मलेसियाका सबै सदस्यहरुले आट कसे र सहयोग संकलन कार्य गर्न सुरु गरे । आर्थिक संकलन गर्ने क्रममा तामाङ मलेसियाले एउटा नाराको नै निमार्ण गर्यो । जुन थियो “तामाङ समाज मलेसियाको ध्यान, मृगौला पीडित बचाउ अभियान” 

तामाङ समाज मलेसियाले यसरी सहयोग गर्दै विगतका दिन देखि नै गर्दै आईरहेको छ । विभिन्न आरोह र अवरोहहरुलाई छिचोल्दै तामाङ समाज मलेसिया निरन्तर दिन दुखिहरुको सेवामा खटिरहेको छ । यो आर्थिक सहयोगलाई तामाङ समाज मलेसियाको अध्यक्ष चक्र तामाङको नामबाट सिधै पिडितको नाममा आई एम ई मार्फत पठाईएको जानकारी तामाङ समाज मलेसियाको महासचिव छेवाङ तामाङले दिनु भएको छ । साथै आर्थिक सहयोग रकम मलेसियन रिङ्गेट ३ हजार ५ सय १५ अर्थात नेपाली रुपैयामा ८३ हजार ६ सय ७६ रहेको जानकारी उहाँले दिनु भएको छ ।
खवरसंसार डटकमसगँ बोल्दै तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङले भन्नु भयो -“सेवा नै धर्म हो । त्यसैले हामी सधै पिडितहरुको अवस्था हेरेर सहयोग गरिरहेको छौ ।”