एमालेका ‘हेभी वेट’ उम्मेदवारः को–को कहाँबाट चुनावमा लड्दै

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले० ले ‘हेभी वेट’ उम्मेदवारलाई मैदानमा अघि सारेको छ ।

निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० तहमा एमालेका जिल्ला अध्यक्ष नै चुनावमा उत्रिएका छन् । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्षमा उठ्नुभएको छ भने पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार भएको छ ।

झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा, मोरङका अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिकाको प्रमुखमा, सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुखमा उम्मेदवार भएको छ ।

गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिकाको प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिकाको प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिकाको प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखका रुपमा मैदानमा उत्रिएको छ । नयाँ पेज