गगन थापाले भाषण गरिरहदा बाम गठबन्धनमाथि बम वर्षा

भोजपुर । शनिवार स्थानीय टुँडिखेलमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्वोधन गरिरहँदा बाम गठबन्धनको चुनावी सभामा भने बमको वर्षा प्रहार भइरहेको थियो । बाम गठबन्धनका प्रतिनिधि सभा उमेदवार सुदन किराती र प्रदेश सभा क्षेत्र नं १ तर्फका उमेदवार राजेन्द्रकुमार राईको साल्पासिलिचछो गाउँपालिका–२ को कुलुङमा भएको संयुक्त चुनावी सभा नजिकै बम विस्फोट भएको हो ।

घटनाकोे वारेमा युवा संघ नेपाल केन्द्रिय नेता रोशन बस्नेतले आक्रोस पोख्दै भने ‘किन बाम गठबन्धनकै कार्यक्रम स्थलमा मात्र बम विष्फोट भयो ? काग्रेसको कार्यक्रम स्थलमा चाहि किन भएन भन्ने शंका तथा आसंका आम भोजुरे जनता तथा नेपाली जनतामा प्रश्न उठ्नु स्वभाविक नै भयो । यस बाट के भन्न सकिन्छ भने बम विष्फोट गराउन लोकतान्त्रीक गठबन्धनको हात हुन सक्छ । साथै यस्तै व्यवहार रहेमा युवा संघ नेपाल हातमा दही जमाएर नवस्ने र त्यसवाट उत्पन्न परिस्थितीको जिम्मा नेपाल सरकारले लिनुपर्ने बताए ।

यता, बाम गठन्धनकै उमेदवारलाई लक्षित गरी षडनन्द नगरपालिका–१३ बोयामा अज्ञात समूहले थापेको विद्युतिय धरापमा परी युवा संघ भोजपुरका नेता विक्रम राई गम्भिर घाइते भएका छन् । धराप थापेको हल्ला चलेपछि घटनास्थलमा पुगेको प्रहरीले त्यहाँ जम्मा रहेको भिडलाई हटाइरहेका बेला विद्युतिय धराप पड्किएको हो ।

धराप विस्फोट हुन साथ बाटोमाथि जङ्गलबाट केही राउण्ड गोली समेत चलेको थियो । प्रहरीले समेत १९ राउण्ड जवाफी फायरिङ गरेको प्रहरी निरीक्षक गितनारयण चौधरीले जनाएका छन् । घटनास्थलबाट अचेत अवस्थामा गम्भिर घाइते राईलाई सदरमुकाम ल्याइएको थियो ।

थापा चढेको हेलिकप्टर मार्फत काठमाण्डौ लाना नेकपा एमालेका जिल्ला सचिव शरण राईले आग्रह गर्दा कांग्रेसका जिल्ला सभापति नन्दमनि राईले थापाको कार्यक्रम अनेत्र रहेको भन्दै टारेका थिए । टेम्के मैयुँ गाउँपालिका अध्यक्ष धुर्व राईले प्रमुख जिल्ला अधिकारी चेतराज बराल मार्फत पनि कांग्रेस नेताहरुलाई घाइते राईलाई लान आग्रह गर्दा समेत कांग्रेस नेताहरुले वेवास्ता गरेको अध्यक्ष राईको भनाई छ ।

पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका थापाले बमको छर्रा लागेर गम्भिर घाईते राईलाई उद्धार नगरेको भन्दै अध्यक्ष धुर्व राईले आक्रोस पोखे । घाईते विक्रमको उद्धारका लागि काठमाण्डौ बाट हेलिकप्टर झिकाउँन खोज्दा रात परेका कारण आउन असम्भव भएपछि गगन थापलाई कांग्रेस नेता मार्फत आग्रह गरिएको थियो ।

गगन थापाले आफु चढेको हेलिकप्टरमा घाइते राईको उद्धार नगरेपछि राईलाई गाडी मार्फत धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।