काठमाडौं, ३० जेठ । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।
अब खाद्यान्न पसलहरु विहान ११ बजेसम्म खोल्न पाउन्नेछन भने अनलाइन डेलिभरी पनि दिन पाउने छन ।
पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने भएको छ । कृषि कार्य सञ्चालन गर्न दिने पनि निर्णय भएको छ । भिसा लिनका लागि सहजिकरण गर्ने भएको छ ।