दिंला- नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको षडानन्द नगर अधिबेशनबाट नगर समितिको सर्वसम्मत नेतृत्व चयन भएको छ । लक्ष्मिकला राई जिसीको अध्यक्षतामा ६९ सदस्यीय समिति चयन भएको हो ।
षडानन्द नगर समितिको उपाध्यक्ष मञ्जु कार्की, सचिवमा जुनु हिङमाङ,उपसचिव जतन राई र कोषाध्यक्ष उमा बिष्ट चयन भएका छन् । दिंला बजारमा आईतवार सम्पन्न अधिवेशनमा नेकपा एमालेका प्रदेश, जिल्ल, पालिका र वडा स्तरका पदाधिकारीहरुका साथै अखिल नेपाल महिला संघका केन्द्र, प्रदेश र जिल्ला स्तरका पदाधिकारीले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।