युडब्लुएस नेपाल संखुवासभाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

संखुवासभा, २३ साउन – युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको आयोजना तथा जिल्ला समन्वय समिति संखुवासभाको समन्वयमा जिल्ला परियोजना सल्लाहकार समिति (DPAC) को बैठक गरी युनाईटेड वर्ल्ड स्कुल्स नेपालले  दोश्रो चरणको समीक्षा  कार्यक्रम  सम्पन्न गरेको छ | जिल्ला समन्वय समिति संखुवासभाको सभाहलमा साउन २३ गते भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गर्नु भएको थियो भने कार्यक्रममा युडब्लुएस नेपालले हालसम्म गरेका कामहरुको विवरण युनाईटेड वर्ल्ड स्कुल्स नेपालको राष्ट्रिय निर्देशक सुर्य बहादुर कार्कीले प्रस्तुत गर्नु  भएको थियो | कार्यक्रममा संखुवासभा जिल्लाका ८ वटा नगरपालिका तथा गाउँपालिकाबाट प्रमुख, उप-प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, विभिन्न पालिकाबाट प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखहरु  गरि ४१ जनाको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख गोपालमान भण्डारीले युडव्लुएस नेपाल सँग  थप समन्वय गरि आगामी दिनमा अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गर्दै सहकार्यका लागी आवश्यक थप नीतिगत सुधारका लागी आफु सकारात्मक रहेको धारणा व्यक्त गर्नु भएको थियो | त्यसैगरी, कार्यक्रम आफ्नो धारणा राख्ने क्रममा धर्मदेबी नगरपालिकाका नगर प्रमुख उदयचन्द्र पौडेलले युडब्लुएस नेपालले आफ्नो नगरपालिका भित्र रहेका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि गरेका सामुदाय र विद्यालय स्तरमा गरेका सकारात्मक प्रयाशको प्रशंसा गर्दै  फेलोसिप कार्यक्रमले  विद्यालय शिक्षामा पुर्याएको योगदानको चर्चा समेत गर्नु भएको थियो भने आगामी दिनमा पनि नगरपालिका जस्तो सुकै सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो|  

आफ्नो धारणा राख्ने क्रममा, चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण  कुमार तामाङले युडब्लुएस नेपालले चैनपुर नगरपालिकामा छोटो समयमा स्थानीय सरकारले गर्नु पर्ने कामलाई सँस्थासँग साझेदारी गरि गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नको लागी खेलेको भुमिकाको चर्चा गर्दै आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्बाह गर्ने धारणा राख्नु भएको थियो |  कार्यक्रममा खाँदबारी नगरपालिका उप-प्रमुख महेश्वरा बज्राचार्यले युडब्लुएस नेपाल  सँग शैक्षिक गुणस्तर सुधारको लागि निरन्तर काम गर्न खाँदबारी नगरपालिका तयार रहेको बताउनु भएको थियो | यस्तै मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईले डव्लुएस  नेपालले शिक्षकहरुलाई दिईने तालिमलाई मकालु गाउपालिका भित्र रहेका सबै विद्यालयमा लागु गर्न युडब्लुएस सँग साझेदार गर्न पालिका तयार रहेको बताउदै त्यसका लागी आवश्यक नीतिगत व्यवस्था गर्नका लागी समेत पालिका सकारात्मक रहेको धारणा राख्नु भएको थियो |  

 

कार्यक्रमको अन्त्यमा बोल्दै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले युडब्लुएस नेपालले गरेका काम र आगामी पाँच बर्षका लागि राखिएको लक्ष्य पूरा गर्न सबै स्थानीय तहहरु लाई आग्रह गर्नु भएको थियो। सबैले शिक्षाको गुणस्तर सुधारमा आ-आफ्नो ठाउँ बाट भुमिका निर्वाह गर्नु पर्ने र संघसंस्थाले गरेका राम्रा कामलाइ प्रभावकारी बनाउन लाग्नु पर्नेमा समेत जोड दिनु भएको थियो। विद्यालय परिचालकको अवधारणा र त्यसले विद्यालयमा गर्ने काम, पालिका स्तरमा खेल्ने भुमिका आवस्यक छलफल गरि त्यसका लागी आवश्यक व्यवस्थापन गर्नका लागी पालिकाहरुलाई अनुरोध गर्दै त्यसका लागी सबैले सकारात्मक भूमिका निर्बाह गर्ने अवस्था बिश्वास राख्दै आगामी दिनका कार्यक्रम साझेदारीमा समेत सबै पालिकाले आफ्नो आफ्नो तवर बाट पहल गर्न जोड दिनु पर्ने बताउनु भएको थियो  |

 

कार्यक्रमको सहजिकरण जिल्ला समन्वय अधिकारी शुक्रादेवी राईले गर्नु भएको थियो  ।युडब्लुएस नेपाल बिगत आठ बर्ष देखि नै संखुवासभा, भोजपुर, ताप्लेजुङ ,गुल्मी तथा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालमा ७६ ओटा विद्यालय भवन निर्माण सम्पन्न गरी १४,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ ।