सिलिचुङ्ग खानेपानीमा प्रविण सुवाल

भोजपुर । जिल्लाको एकमात्र खानेपानी प्रदान गर्दै आएको सिलिचुङ्ग खोनपानी तथा सरसफाइ मुल उपभोक्त समितिमा प्रविण सुवाल सर्वसम्मत निर्वाचित भएको छ । सुवालको नेतृत्वमा १५ सदस्य निर्वाचित भएकोे हो ।
समितिमा उपध्यक्ष, सचिव, सहसचिव, कोषध्याक्ष क्रमशः लिलामाया तामाङ,विनम श्रेष्ठ, सुदिप कार्की र कृष्णकुमारी तामाङ निर्वाचित भएको हो ।

त्यसैगरि खुल्ला महिला सदस्यमा लक्ष्मी खत्री र आदिवासी जनाजातिबाट तुफान किराँत निर्वाचित भएको अध्याक्ष प्रविण सुवालले बताए ।
अन्य सदस्यमा प्रत्येक वडाबाट १÷१ जना छनोट भएको छ ।