एमालेले सरकारसँग माग्यो यस्तो जवाफः एमालेको यस्तो छ चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराइ मधेसमा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण र दुव्र्यवहार भएको भन्दै सरकारसँग जवाफ मागेको खबर आजको कान्तिपुरमा छ ।

मंगलबारको संसद बैठकमा एमाले सांसदले यो विषयलाई गम्भीर रुपमा उठाउँदै सरकारबाट जवाफ नपाएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

सप्तरीस्थित पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको घरमा प्रवेश गरेका मधेसी मोर्चाका कार्यकर्ताले परिवारका महिला सदस्यमाथि दुव्र्यवहार गरेको तर त्यसमा सरकार मूकदर्शक बनेको एमालेको आरोप छ ।