नायिक प्रियंका कार्कीको आयुष्मानसँग गहिरो प्रेम

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् । यी दुइको प्रेमको सुरुवात चलचित्र ‘कथा काठमाण्डौ’को सेटबाट भएको हो ।

लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर प्राप्त भएको छ । आयुष्मान अहिले चलचित्रको छायांकन सेटमा दिनभर बस्ने गर्छन् ।
आफ्नो सुटिङ नभएपनि उनी सेटमै बस्ने गरेको श्रोतले बताएको छ । प्रियंकाले भने आफूहरु प्रेममा रहेको नजिकका साथीहरुसँग बताउने गरेकी छिन् ।