भोजपुर । शक्तिशाली महाभुकम्प गएको २३ महिनापछि भुकम्प पुनः निर्माण प्राधिकरणले भुकम्पप्रतिरोधी नीजि आवास पुनः निर्माणका लागी अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण सुरु गरेको छ । लामो समयको पखाईसम्म अनुदान नपाएका पिडितले सम्झौता र किस्ता वितरण थालेपछि खुसी बनेका छन् । भोजपुर नगरपालिका कार्यालय स्थित मंगलबार प्राधिकरणका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, राजनितिक दलहरु, बैकका प्रमुख तथा प्रतिनिधिहरु, भुकम्पपिडित लगायत सरोकारवालाको उपस्थितीमा ३ जना पिडितलाई अनुदान सम्झौता पत्र प्रदान गरेर औपचारिक उद्घाटन भएको छ । मानविय क्षतीका हिसाबले कम प्रभावित १७ जिल्ला अन्तर्गत परेपनि भौतिक रुपमा हजारौ घरमा क्षती पुगेपछि पालमुनि र टहरामुनि दुई बर्खा र दुई हिउद कटाउन बाध्य भएका थिए ।
जिल्लाभर आशिंक र पुर्णगरी १० हजार ४ सय २६ पिडित छन् । उनीहरुको घर बस्नै नमिल्ने गरि भत्किएर, चर्किएर पुर्ण क्षती भएको थियो । भोजपुर नगरपालिकामा २ हजार ४ सय ५६, षडानन्द नगरपालिकामा १ हजार ७ सय ६३, साल्पासिलिछो गाउापालिमा १ हजार ४ सय ८२, अरुण गाउँपालिकामा ८ सय ३७, पौवादुङ्मा गाउँपालिकामा ५ सय ३३, टेम्केमैयुङ्ग गापामा ८ सय ७९, रामप्रसाद राई गापामा १ हजार ४ सय १२, हतुवागढी गापामा ५ सय १९ र आमचोक गापामा ५ सय ४५ जना भुकम्पपिडितहरु रहेका छन् । तीमध्ये पुर्ण क्षती भएका ५ हजार ९ सय २६ घरधुरीले अनुदान पाउनेछन् । उनीहरुलाई पहिलो किस्ताबापत प्राधिकरणबाट जिल्ला समन्वय समितिमा ५ करोड ६९ लाख निकासा भैसकेको स्थानीय विकास अधिकारी सीता परियारले बताएकी छन् ।
सबै पिडितका ५० हजारका दरले पहिलो किस्ताका ३० करोड रुपैया आवश्यक पर्छ । आवास निर्माणको काम सुरु भएकाले प्राधिकरणले रकम उपलब्ध गराउदै जाने र पिडितले राहत प्राप्त गर्दै जाने तथा पुनः निर्माण अगाडि बढ्ने उनले बताइन् ।
पिडितलाई अनुदान वितरणका लागी प्राधिकरणले केन्द्रमा ११ वटा सरकारी तथा नीजि बैकसंग सम्झौता गरेको छ । सोहीअनुसार अनुदानका वितरणका लागी भोजपुर नपा वडा नं। १ देखी ६ सम्म सिटिजन्स बैक, भोनपा ७ देखी १२ सम्म लक्ष्मी बैक, षडानन्द नपा वडा नं। १ देखी ७ सम्म सेन्चुरी कर्मशियल बैक, षडानन्द ८ देखी १४ सम्म सगरमाथा फाइनान्स, साल्पासिलिछो गाउँपालिका राष्ट्रिय वाणिज्य बैक, अरुण गाउँपालिकाका लागि नेपाल बंगलादेश बैक, पौवादुङ्मा गाउँपालिकाका लागी कृषि बिकास बैक, टेम्केमैयुङ्ग गाउँपालिकाका लागी नेपाल बैक, रामप्रसाद राई गाउँपालिकाका लागी टुरिजम बिकास बैक, हतुवागढी गाउँपालिकाका लागी एभेरेष्ट बैक र आमचोकका लागी प्रभु बैक तोकिएको प्राधिकरणका ईन्जिनियर देवनारायण यादवले बताए । सम्झौता संगै पिडितले अनुदान पाउदै जानेछन् । सम्झौताका लागी घरधनीको पासपोर्ट साइजको ३ प्रति फोटो, नागरिकता प्रतिलिपि र जग्गाधनिपुर्जा आवश्यक पर्ने ईम्जिनियर यादवले जानकारी दिए ।
पिडितले सम्झौतापत्र पाएपछि खाता खोलीएको तोकिएका बैकमा गएर अनुदान किस्ता लिन सक्नेछन् । उनीहरुले ३ किस्तामा ३ लाख अनुदान पाउने प्राधिकरणका इन्जिनियर देवनारायण यादवले बताए । पहिलो किस्तामा जग हाल्नका लागी ५० हजार, दोस्रो किस्तामा तला छापेपछि १ लाख ५० हजार र तेस्रो किस्ता तथा अन्तिम किस्तामा छाना छाउनेबेला १ लाख वितरण हुने बताए । किस्ता पाउनका लागी निर्माण हुदै गरेको घर भुकम्पप्रतिरोधी भनेर प्राविधिकले प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।