भोजपुरमा को–को परे गाउँपालिका र नगरपालिकाको उम्मेदवारमा (नामवाली सहित)

भोजपुर । नजिकिदै गरेको स्थानीय तहको चुनावमा जिल्लाका मुख्य राजनीतिक दलहरु उम्मेदवार छान्न व्यस्त देखिएको छ । जिल्लामा दुई नगरपलिका र ७ गाउँपालिका रहेको भोजपुरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल र संघीय समाजवादी पार्टी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्न व्यस्त रहेको हो ।
मुख्य प्रतिस्पर्धीको रुपमा रहेको दल कांग्रेस र एमाले पार्टी भित्र उम्मेदवार छान्नको लागि निकै मुस्किल परेको छ । नेपाली कांग्रसले अधिकांश नगरपालिका र गाउँपालिका प्रमुखको उम्मेदवार छनौट गरीसकेको छ । नेपाली कांग्रेसले भोजपुर नगरपालिका बाहेक सबै गाउँ र नगरपालिका प्रमुख उम्मेदवारहरु छनौट गरिसकेको छ । कांग्रेस जिल्ला कार्यसमितिले निर्वाचन जित्ने सक्ने र पार्टी राजनीतिमा योगदान दिएको व्यक्तिलाई छनौट गरेको नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणी राईले बताए ।
जिल्लाको प्रमुख ठुलो पार्टी नेकपा एमालेले उम्मेदवार अझै छनौट गर्न सकेको छैन । अधिकाशं ठाउँमा आकंक्षीहरु धेरै देखिएकाले उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन । तल्लो तहदेखि नै उम्मेदवार छनौट गर्ने भनिएपनि जिल्ला तहसम्म आइपुग्दा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । जिल्ला तहमा टुंगो लाग्न नसकेको उम्मेदवार छनौट प्रदेशमा टुङग्याउने एमालेले तयारी गरेको छ ।
ठुलो पार्टी र अधिकांश ठाउँमा जित्ने भएका कारणले आकंक्षीहरु धेरै भएकाले उम्मेदवार छनौट गर्न समय लागेको नेकपा एमाले भोजपुरका सचिव शरणकुमार राईले बताए । जिल्लाको पहिलो पार्टी भएकाले त्यसमा पनि धेरै नेता कार्यकर्ता रहेकोले त्यसको व्यस्थापनसंगै उम्मेदवार छनौटमा लागिएको सचिव राई बताए ।
तेस्रो शक्तिको रुपमा माओवादी केन्द्र अधिकांश ठाउँको उम्मेदवार छनौट गरिसकेको छ । माओवादी केन्द्रले निर्विवाद अधिकांश स्थानको उम्मेदवार छनौट गरिसकेको छ । पार्टीको आन्तरिक शक्तिमा क्रमश क्षयीकरण हुदै गएपछि शक्ति बढाउन अवसरमा लिएको छ । तल्लो तहदेखि पार्टीलाई मजबुत बनाउन आन्तिरक रुपमा सहज ढंगले उम्मेदवार छनौट गरिएको माओवादी केन्द्रका नेता टिकाराम प्रधानले बताए । माओवादी केन्द्रले अहिलेदेखि चुनाव प्रचार प्रसारलाई त्रीव्र बनाएको छ ।
को को छन उम्मेदवार
नेपाली कांग्रेस
हतुवागढी गाउँपालिकाः मदनबहादुर खुलाल

साल्पासिलिछो गाउँपालिकाः महेश राई

षडानन्द नगरपालिकाः वीरबल राई

आमचोक गाउँपालिकाः रविन राई

रामप्रसाद गाउँपालिकाः दिनेश राई

टेम्केमैयुङ गाउँपालिकाः सरोज बस्नेत

पौवादुङमा गाउँपालिकाः शिसिरा राई र

अरुण गाउँपालिकाः गजेन्द्र कार्की

भोजपुर नगरपालिकामा अझै टुंगो नलागेकाे
नेकपा एमाले
भोजपुर नगरपालिकाः गणेश श्रेष्ठ र भरत तामाङ

षडानन्द नगरपालिकाः सुरेन्द्र उदास र देवीराम चौलागाई

साल्पा सिलिछो गाउँपालिकाः दौलत कुलुङ, खगेन्द्र राई र जीवन राई

अरुण गाउँपालिकामाः नारायण घिमिरे, शिव सापकोटा र केदार राई

पौवादुङमा गाउँपालिकाः तीर्थकुमार राई, किरण राई र उदय कार्की

हतुवागढी गाउँपालिकाः प्रेमकुमार राई र नारायण निरौला

आमचोक गाउँपालिकामाः टिका विष्ट र बहादुर राई

रामप्रसाद गाउँपालिकाः बलराम राई र परसुराम राई

टेम्केमैयुङ गाउँपालिकाः विष्णुकुमार राई, धुर्व राई र घमानसिं राई
माओवादी केन्द्र
पौवादुङमा गाउँपालिकाः नगेन्द्र भुजेल

अरुण गाउँपालिकाः विमल खड्का

रामप्रसाद गाउँपालिकाः थामबहादुर राई

आमचोक गाउँपालिकाः अशोक राई

साल्पासिलिछाे गाउँपालिकाः रवीन्द्र अधिकारी

षडानन्द नगरपालिकाः भिम तामाङ

भोजपुर नगरपालिकाः टिकाराम प्रधान, सुर्य गोले र मनिका राई

टेम्के मैयुङ गाउँपालिकाः राजेश खतिवडा र सन्तोष सेञ्चुरी

हतुवागढी गाउँपालिकाको टुंगो लागेकाे छैन ।