संखुवासभा । गत चैत्र २० गते करेन्ट लागेर सक्त घाइते भएकी सुर्य आवसीय मावि खाँदबारी विद्यर्थी सन्ध्या पन्तको उपचारमा कसैले चासो नदेखाएको भन्दै बुधबार खाँदबारीमा एक घण्टा चक्का जाम गरीएको छ । सुर्य आवसिय मावि खाँदबारी र जिल्ला स्थित कृयासिल विद्यार्थी संगठनहरुले ¥याली प्रर्दशन गर्दै चक्का जाम गरेका हुन । यता विद्यार्थी जिल्लाको कृयासिल विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन संखुवासभाले सङ्खुवासभा स्थित विद्यार्थी संगठनहरुले रेडक्रस सोसाईटी र विद्युत प्राधिकरण खाँदबारी वितरण शाखाको कार्यालयमा तालाबन्दी गरेको छ । खाँदबारीमा रेडक्रस सोसाईटीको निर्माणधिन भवनमा ११ बर्षिय विद्यार्थी सन्ध्या पन्त करेन्ट लागेर सख्त घाईते भएपनि उपचारमा कुनै चासो नदेखाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् ।
यस अघि नै विद्यार्थी सङ्गठनहरु, अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्वबियु क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त विज्ञाप्ती जारी गर्दै ११ बर्षिय विद्यार्थी पन्तको उपचार खर्च र क्षतिपुर्तीको माग राखेका थिए । आफुहरुको मागको कुनै सुनुवाई नभएपछि अनिश्चित कालको लागि दुवै कार्यालयहरुमा ताला लगाउन बाध्य भएको नेपाल विद्यार्थी संघ सङ्खुवासभाका सचिव कुमार विश्वकर्माले जानकारी दिए ।
विद्युत प्राधिकरण र रेडक्रस सोसाईटीको लापरबाहीका कारण सन्ध्याको भविश्य अन्धकार बनेको भन्दै विद्यार्थी संगठनहरुले शिक्षादिक्षा र उपचार खर्चको ब्यावस्था गर्नुपर्ने माग राख्दै आएका थिए । उनीहरुको माग पुरा भएपछि मात्र ताला खोलीने अनेरास्वबियु सङ्खुवासभाका जिल्ला कमिटि सदस्य महेश अधिकारीले बताए ।
उता सुर्य आवासिय माविले आफ्नो विद्यार्थीले दुवै हात गुमाएपछि संघर्ष समिति नै बनाएर आन्दोलन थालेको छ । करेन्ट लागेर घाईते भएपछि उपचार हुँदै गरेको पन्तको उपचारको ब्यवस्था, क्षतीपुर्ती, शिक्षादिक्षा, पालन पोषणको पुर्ण ग्यारेन्टीको माग राखेपनि अहिलेसम्म कुनैले पनि चासो नदिएको भन्दै बुधबार ¥याली प्रदर्शन गरेको थियो ।
¥यालीले नगरको विभिन्न ठाउलाई परिक्रमा गरि जिल्ला प्रसासन कार्यालयमा धर्ना दिएका थिए । विद्यार्थी घाईते भएपछि संयम्ता अपनाउदै पटक पटकमा क्षतीपुर्तीको माग राख्दै आएपनि आफुहरुको माग कुनै निकायले पनि नसुनेका कारण चरणबद्ध आन्दोलन गर्नु परेको संघर्ष समितिका संयोजक तथा निमित्त प्रधानाध्यापक नवराजराईले बताउनुभयो । तत्काल आफुहरुको माग पुरा नभए थप चरणबद्ध आन्दोलन गर्न बाध्य हुने समेत राईले भने।
सङ्खुवासभाबाट जनप्रतिनिधीहरु पनि थुप्रै भएपनि कसैले उपचारमा चासो नदिएको राईको आरोप छ । अब आफुहरुको माग सदनबाट सम्बोधन हुनुपर्ने संघर्ष समितिका संयोजक राईले बताए ।
रेडक्रसको भवन निर्माणको क्रममा प्रकृया पुरा नगरि बनाएको समेत बताउदै राज्यले क्षतिपुर्ती दिनु पर्ने नागरिक समाजका अगुवा विनोद घिमिरेले बताउनुभयो । राज्यले क्षति पुर्ती नदिए क्याबिनेटसम्म क्षतिपुर्तीको आवाज पुराउन पहल गर्ने घिमिरेको भनाई छ ।
यता संखुवासभाका विद्यार्थि संगठनहरुले रेडक्रसका सभापतिको राजिनामा समेत माग गरेका थिए ।
गत चैत्र २० गते विद्यालयबाट फर्कने क्रममा निर्माणधिन रेडक्रसको भवनमा पन्तलाई हाईटेन्सनको विद्युतबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते बनेका पन्तलाई उपचारको लागि भारत समेत लगिएपनि उपचार सम्भव नभएपछि दुवै हात काट्नु परेको सुर्य आवासिय माविले जनाएको छ । पन्तको काठ्माण्डौ स्थीत किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।