काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताएको छ ।
मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताए ।
“ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, भने ।
उहाँले मलेसिमा काम गरिरहेका नेपालीले विभिन्न कठिनाइ भोगिरहेको तथा निःशुल्क राहदानी भनिए पनि कामदार विभिन्न नाममा शुल्क तिर्न बाध्य भइरहेकोप्रति सरकार जानकार छ, सरकारले मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको छ ।” मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको कुराबाट नेपालले पनि शिक्षा लिने बताए ।
सो अवसरमा मलेसियाको पुत्रजय नगरका पूर्वप्रमुख तथा पूर्वगृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल तथा मलेसियाबीच सहकार्यका लागि आग्रह गरे । नेपाल मलेसिया बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराए । रासस