भोजपुरको विमानस्थल कस्ताे हुदैछ ?(फोटो फिचर)

भोजपुर । जिल्लाको एकमात्र विमानस्थल बैशाखको पहिलो हप्ताबाट सञ्चालन हुने भनिए पनि कालोपत्रेको काम नसकिएकोले सञ्चालन हुन सकेको छैन । ठेकेदारले भुक्तानी नपाएको भन्दै कालोपत्रेको काम नगरेपछि विमानस्थल सञ्चालन ढिलाइ भएको हो ।
कालोपत्रे काम अहिलेसम्म करिव ९० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । कच्चा पदार्थ पर्याप्त रहेपनि ती कच्चा पदार्थलाई प्रशोधन गर्ने स्थानिय श्रोत तथा साधनको पर्याप्त सुलभ हुन नसक्दा कालोपत्रे काममा ढिलाई भएको हो ।
कच्चा पदार्थको रुपमा उपलब्ध हुने दाउरा को नै कमि हुन थालेपछि काममा ढिलाई भएको हो । समुन्द्री सतह देखि करिब १२ सय मिटर उचाईमा रहेको उक्त निर्माणधिन विमानस्थलको लम्बाई करिब ५ सय ४५ मिटर र चौडाई करिब २० मिटर रहेको छ ।