बेइजिङ (चीन)। चीनमा प्राकृतिक प्रकोपका कारण अप्रिल महिनामा २३ जनाको मृत्यु भएको यहाँको नागरिक मामिला तथा प्रकोप नियन्त्रणका लागि राष्ट्रिय आयोगको मन्त्रालयले शुक्रबार बताएको छ ।
यसबाट एक अर्ब ४३ करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको बताइएको छ ।
मन्त्रालयका अनुसार सो समयमा ११ हजार नागरिक प्राकृतिक प्रकोपका कारण विस्थापित भएका थिए ।
यसबाहेक बाढी तथा पहिरोमा परी कम्तीमा एक हजार घर पूर्णतया भत्केका र १३ हजार ५०० घरमा आंशिक क्षति भएको सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी बाढीले एक लाख १२ हजार हेक्टर भूमिमा लगाइएको खेतीलाई प्रभावित तुल्याएको छ भने ६ हजार ६०० हेक्टरमा लगाइएको बाली पूर्ण क्षति भएको छ ।