नुवाकोटमा एक सय १५ वर्षीया लामिछानेबाट मतदान

नुवाकोट। ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

लामिछानेले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । लामिछानेले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए ।

विसं १९५९÷१२÷१० मा जन्मेका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताए । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरे ।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरे । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।