भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेको छ ।
ओलीसँगै आएकी पत्नी राधिका शाक्यले पनि मतदान गरेका छन् । उहाँले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताए। “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, ओली भने ।
निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको बताए । रासस