भोजपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

भोजपुर । जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । षडानन्द नगरपालिका–१० साङपाङका २४ वर्षिया दिपेन्द्र राईलाई भरुवा बन्दुकसहित पक्राउ परेको छ ।
शनिवार घरमा लोड गरेर लुकाई राखेको गोप्य सुचनाको आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बन्दुकसँगै बारुद र छर्र समेत बरामद भएको छ । पक्राउ परेका राईलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।