भोजपुर । मलेसियामा कार्यरत विभेक चौधरीले आफ्ना साथीहरूको २५ हजार रिङ्गेगेट पैसा खाएर फरार भएका छन् । महोत्तरी जिल्लाका विभेक चौधरी मलेसियाको साम ग्रोसरी सुपरमार्केटमा कार्यरत थिए ।
विभेक चौधरी कार्तरत कम्पनीका साथीहरूबाट घरमा पैसा पठाउछु भन्दै मोटो रकम सापटी लिएका थिए । २५ हजार ५ सय ७० रिङ्गगेट कम्पनीका साथीहरूबाट लिएको र उनले अरुबाट पनि लिएको हुन सक्ने आशंका गरिएको छ । विभेक चौधरीले आफ्ना आफ्ना साथीहरूबाट यसप्रकारले पैसा सापटी लिएका छन् ।
१) केबल कुमार तामाङ मलेसियन रिङ्गगेट रु. ५०१०
२) राम कुमार श्रेष्ठ मलेसियन रिङ्गगेट रु. २५१०
३) भुवानेश्वर मण्डल मलेसियन रिङ्गगेट रु. ४५१०
४) गोपाल बहादुर मगर मलेसियन रिङ्गगेट रु. ६०१०
५) नवराज तामाङ मलेसियन रिङ्गगेट रु. २५१०
६) गुमान सबन्याक मलेसियन रिङ्गगेट रु. २०१०
७) हंस राज शाही मलेसियन रिङ्गगेट रु. ३०१०
यी पिडितहरु खवरसंसारसगँ कुरा गर्दै भने अपराधीलाई पिडितहरुसगँ सम्पर्क गराएको खण्डमा नेपाली रकम रु. १ लाख रुपैया स-धन्यवाद सहित प्रदान गरिनेछ ।
केबल कुमार तामाङले भने – ” मोटो रकम हात परेपछि कसैलाई नसोधि विभेक चौधरी फरार भएका हुन् । उनले भने अपराधीलाई फेला पारेर आवश्यक अनुसारको कानुनी कारबाही गर्नेछौ । उनले अन्त्यमा भने कृपया हाम्रो पसिनाको कमाईलाई जोगाउन सबैले सहयोग गरिदिनु होला । यदि कसैले विभेक चौधरीलाई पारेको खण्डमा नजिकैको पुलिस चौकि तथा ०११६९४४४१९९ अथवा ०१८३१००८११ मा सम्पर्क गरि खवर गरिदिनु हुन सबैलाई आग्रह समेत गरेका छन् ।”
नेपालबाट बैदेशिक रोजगारीको शिलशिला मलेसिया पुगेका नेपालीको परिश्रमलाई यसरी खाने अधिकार कसैलाई छैन । अपराधीलाई खोजी गरि अावश्यक अनुसार कारबाही गरिओस् ।