मलेसिया तातिदैं जुन २५ मा परदेशी धमाका – ३ हुने

भोजपुर । मलेसियामा परदेशी धमाका ३ हुने भएको छ । मलेसियामा विशेष चाडको रुपमा मनाईने हरिरायाको अवसर पारेर मञ्जरी थिएटर ग्रुपले मलेसियाको क्वालालम्पुरकाे कोताराय सहरमा परदेशी धमाका -३ को आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार र मलेसियामा नै रहेका नेपाली सांगेतिक क्षेत्रका हस्तिहरुको साथमा कार्यक्रम कार्यक्रम सम्पन्न हुने भएको हो । यहि आउदो जनु २५ तारिखको दिन हुने उक्त कार्यक्रम क्वालालम्पुरकाे कोताराय शहरमा हुने भएको हो । कार्यक्रमको अायोजनाको बारेमा बोल्दै संस्थापक/संयोजक सुन्दर लावतीले भने – ” नेपाली सांगीतिक क्षेत्रका विकास सगैं यसको उचाइ पनि बढेर गएको छ ।

त्यसैले मलेसियामा रहेका सबै नेपालीलाई उक्त कार्यक्रमले भरपुर सांगेतिक मनोरञ्जन दिने बताउनु भएको छ । उक्त कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गराउन नेपालको ख्याति प्राप्त चर्चित – गायिका , मुना थापा मगर ,चर्चित नायिका माला लिम्बू, गायक उत्तमजङ लिम्बू, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) रहने छन।

प्रवास मा रहेर पनि नेपाली गीत -संगीत मा उदाएका स्थानिय गायक मनिपाल राई ,रमेस बानिया , फुर्बा दोर्जे मोक्तान तामाङ् ,गौरब नारायण राई,अमर राई,रबिन गुरुङ,मौसम तामाङ्,विशाल बेघा ,कमल गुरुङ, सुरेस तामाङ , शङकर पिसि,आदिको प्रस्तुति रहनेछ । साथमा मोडल/गायिका/डान्सर गिता राई को बेजोड प्रस्तुति रहने छ। प्रवास भुमीमा पनि आफ्नो कलालाई निखार्दै गएका व्यक्तिहरुलाई प्रोत्साहन दिने कार्यक्रम आयोजक समितिले बताएको छ ।