
काठमाडौं । भोजपुरमा जन्मेका गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ३ बर्ष अघि आएको भिषणको ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा भिषणकै संगीत र स्वर रहेको छ ।
जिवन मुकारुङले शव्द रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । राजेश पुमा राईले निर्देशन गरेको म्यूजिक भिडियोमा एलिसा राई, निराजन प्रधान र मन्दीप राईको अभिनय रहेको छ ।