भोजपुर । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गतेलाई तोकेसगैं भोजपुरका अधिकाशं क्षेत्रमा चुनावी माहोल तातिएको छ । भोजपुरको २ नगरपालिका र ७ गाउँपालिकाको मेयर , उप-मेयर र प्रमुख र उप- प्रमुख साथै सबै वडाको सदस्यहरुको छिनोफानो लगाएर एमालेले भोजपुरमा चुनावी सभाका कार्यक्रमहरु गर्दै आईरहेको छ । भोजपुर नगरपालिकाको १२ वटा वडाहरुमा लगातार चुनावी सभाहरु सम्पन्न भइरहेको छ । आज पनि साविकको हेलौछा गा.वि.स. वाड न: १,२,३,४ र ५ अर्थात भोजपुर नगरपालिका वाड न: २ मा चुनावी सभा सम्पन्न भएको छ ।
कार्यक्रम अलि ढिलो समयदेखि सुरु भएको भएतापनि निकै भव्यरुपमा सम्पन्न भएको हो । सयौंको संख्यामा उपस्थित जनताका विच भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटी सदस्य तथा भोजपुर नगरपालिका वाड न: २ का वडा कमिटीका अध्यक्ष शंकर रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव शरण कुमार राईको प्रमुख अातिथ्यमा भएको थियो भने विशेष अतिथिका रुपमा मेयर पदका उम्मेदवार गणेश श्रेष्ठ हुनुहुन्थ्यो ।
कार्यक्रममा उप -मेयर पदका उम्मेदवार ममिता राई , अनेरास्ववियु केन्द्रीय सचिव तथा जिल्ला कमिटी सदस्य मकर खड्का , जिल्ला कमिटी सदस्य दिल बहादुर राई , जिल्ला कमिटी सदस्य मान बहादुर तामाङ , जिल्ला कमिटी सदस्य गञ्जधन राई , जिल्ला कमिटी सदस्य विपिन शाक्य , जिल्ला कमिटी सदस्य दुर्गा योञ्जन , स्ववियु सभापति प्रकाश सिं राई लगायतका नेताहरू अतिथिका रुपमा हुनुहुन्थ्यो । साथै युवा नेताहरु , विभिन्न भातृ संगठनका प्रतिनिधि र विभिन्न व्यक्तिहरु अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमलाई प्रमुख अतिथि शरण कुमार राईले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले भोजपुर नगरपालिका वाड न:२ को स्थानीय घोषणा पत्र समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै अतिथिहरुले मन्तव्य राख्दै स्थानीय तहको निर्वाचनको महत्त्वका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष उम्मेदवार कुमार राईले भने – “हामीलाई जिताउनुस हामी यहाँका जनताको हित , समाजलाई विकास गराउनको निम्ति ५ वर्ष सम्म सिपाही भएर खटिने छौ ।” कार्यक्रमलाई भोजपुर नगरपालिका वाड न:२ वडा कमिटीका सचिव अमृत तामाङले सञ्चालन गर्नुभएको थियो ।