भोजपुरका म्यादी गाउँ-गाउँ खटिए

भोजपुर । स्थानीय तह निर्वाचनको सुरक्षा सतर्कताका लागि म्यादी प्रहरी खटाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ८७ मतदानस्थल तथा १ सय ४१ मतदान केन्द्रका लागि आवश्यक पर्ने ४ सय ९२ म्यादी प्रहरी खटाइएको निर्वाचन अधिकृत केवलप्रसाद रेग्मीले जानकारी दिए ।
यता जिल्ला सुरक्षा समितिले ५६ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले संवेदनशिल केन्द्र घोषणा गरेको छ । अन्य ८५ केन्द्रमा सामान्य छन् । जिल्ला सुरक्षामा समस्या आउने भन्दै केन्द्रहरुको नाम तत्काल सार्वजानिक गर्न नमिल्ने जनाइएको छ । संवेदनशिल केन्द्रमा सामान्यका तुलनामा बढि सुरक्षकर्मि खटाइदैछ ।

सामान्य केन्द्रको भित्र ४ नेपाल प्रहरी र ५ म्यादी प्रहरी हुन्छन् । यसैगरी बाहिरी घेरामा नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको मोबाइल टोली खटाइनेछ । सुरक्षामासमस्या आउने देखिएमा तत्काल नेपाली सेनाको २ वटा हेलिकप्टरले समेत सुरक्षा दिने व्यवस्था गरिएको छ । दुई नगरपालिका, सात गाउँपालिका र ८१ वडामा १ लाख ५ हजार ५ सय ४७ मतदाता छन् ।