समाजसेवी तथा अनुभवी दिल बहादुर राई वडाध्यक्ष उम्मेदवार

निमाराज तामाङ – भोजपुर ।

सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति २०७४ साल अषाढ १४ गतेलाई तोकेसगैँ अषाढ ४ गतेको लागि मनोनयन दर्ता गर्न मिति तोकेको थियो । अषाढ ४ गते अर्थात हिजो भोजपुरमा शौहार्द वातावरणमा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । भोजपुरमा निकै उत्साहका साथ नेता कार्यकर्ता र राजनीतिक दलका अास्थावन जनताको बाक्लो उपस्थिती समेत रहेको थियो । विभिन्न राजनीतिक दलबाट निर्वाचन आयोगमा आफ्नो नाम मनोनयन गर्न जिल्लाको सदरमुकाम भोजपुर पुगेकाहरुमध्ये एक व्यक्ति जो समाजसेवामा निरन्तर १८ वर्षदेखि काम गरेका पनि हुनुहुन्थ्यो, जसको नाम हो दिल बहादुर राई । दिल बहादुर राई भोजपुर नगरपालिका वाड न :१ को वडाध्यक्ष पदको उम्मेदवारीको लागि मनोनयन दर्ता गर्न पुग्नु भएको थियो । पुर्वि पहाडी जिल्ला भोजपुर नगरपालिका वाड न:२ सोलाखाम ( साविकको हेलौछा गा.वि.स. वाड न:४) मा २०२० फाल्गुनमा एक साधारण र गरिब परिवारमा जन्मनु भएको हो । चार जना दिदीहरु पश्चात् कान्छा छोराको रुपमा पिता वीर बहादुर राई र माता माईताश्वरी राईको कोखबाट जन्म लिनु भएको थियो । उहाँको बाल्यकाल सामान्य अवस्थाबाट नै गुज्रिएको थियो । शिक्षाको पहुँचबाट टाढा रहनु भएका उहाँ २०४० सालमा भारतिय सैनिकमा भर्ति हुनुभएको थियो । भारतिय सैनिकमा १६ वर्षसम्म काम गरि २०५६ सालमा पेन्सन भई नेपाल फर्कनु भएको थियो । हो यहि दिल बहादुर राई नेकपा एमालेको तर्फबाट भोजपुर नगरपालिका वाड न:१ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।

हेलौछाको समृद्ध विकाससगँ दिल बहादुर राई
साना साना योजना देखि लिएर समाजसँग भएका हरेक समस्याहरुलाई समाधान गर्दै समाजसेवामा संलग्न हुनुभयो । समाजका मानिसहरुको नागरिकता बनाउने कामदेखि लिएर मुद्दा मामिला मिलाउन समेत अग्रस्थानमा रहनु भयो । तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्ध चलिरहेको बेलामा उहाँले हेलौछा गा. वि. स. को विकासमा अग्रणी भुमिका निर्वाह गर्नु भयो । माओवादीको युद्धको कारण विभिन्न भौतिक संरचना लगायत अन्य विभिन्न सामाजिक समस्या उत्पन्न भईरहेको अवस्थामा पनि उहाँले न्यायोचित ढंगबाट आफ्नो गा. वि. स. को समस्यालाई समाधान गर्न तत्परताको साथ काम गरिरहनु भयो । माओवादीले उहाँलाई सामाजिक कार्य गर्न बाधा अवरोध सिर्जना गरेको भएतापनि समाजको हितको निम्ति कहिल्यै पनि हिम्मत नहारी समाजसेवाको काममा संलग्न भईरहनु भयो । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै जाने क्रममा उहाँ दर्जन भन्दा वढि संघसंस्थाको अध्यक्ष पदमा रहि काम गर्नु भयो । हेलौछा गा. वि. स. भित्रको समस्याहरुलाई केलाउदै जानेक्रममा उहाँले छोक्ला दोभानमा रहेको ठुलो खोलामा झोलेङ्गे पुल चाहिन्छ भन्ने महसुुस गरि उहाँकै अध्यक्षतामा झोलेङ्गे पुल निर्माण काम सम्पन्न गराउनु भयो । सशस्त्र जनयुद्धबाट प्रभावित विद्यालयहरुमध्ये हेलौछा गा. वि. स. को भामराङमा अवस्थित श्री सिंहदेवी निम्नमाध्यमिक विद्यालय पनि पर्दथ्यो । यो विद्यालयलाई पनि व्यवस्थित बनाउदै कक्षा १० सम्म पठनपाठन गर्न सकिन्छ भन्ने हिम्मतका साथ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा काम गर्न थाल्नु भयो । निरन्तर १२ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर उहाँले विद्यालयको शैक्षिक गुणस्तर , भौतिक संरचनाको विकास , विषयगत शिक्षकको खोज , गा. वि. स. को अनुदानमा शिक्षक व्यवस्थापन जस्ता काम गरि निम्नमाध्यमिक विद्यालयबाट माध्यमिक तहसम्म पठनपाठनको व्यवस्था मिलाउनु भयो । हाल पनि विभिन्न सामुदायिक वनको अध्यक्ष तथा अन्य विभिन्न संघसंस्थामा निरन्तर काम गरिरहनु भएको छ । नेकपा एमालेको सातौं जिल्ला महाधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित हुनु भएपछि झनै विकासका काम अग्रणी भुमिका निर्वाह गर्नु भएको छ ।

जनताको प्यारो ईमान्दार दिल बहादुर राई
हेलौछाको समृद्ध विकासको निम्ति अग्रणी भुमिका निर्वाह गरेकै कारण जनताका प्यारो नेताका रुपमा दिल बहादुर राईलाई चिनिन्छ । जनताको हकहितको निम्ति कुनै स्वार्थ बिना निस्वार्थ भावना काम गर्ने व्यक्ति दिल बहादुर राई साविकको हेलौछा गाविसकै उच्च नेताका रुपमा चिनिनु हुन्छ । बौद्धिक क्षमता तिव्र भएका उहाँ जुनसुकै कुरामा पनि छिटो निर्णय लिन सक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । हरेक कुरामा प्रष्ट विचार राख्न सक्ने क्षमता भएका उहाँ जनताको हितको निम्ति अाफ्नो अडानबाट पछाडी नसर्ने व्यक्तित्व रुपमा चिनिनु हुन्छ ।

राजनीतिसगँ दिल बहादुर राई
भारतिय सैनिकमा १६ वर्षसम्म काम गरि २०५६ सालमा पेन्सन भई नेपाल फर्कनु भएको दिल बहादुर राई नेपाल फर्के सगैँ तत्कालीन नेकपा मालेको गाउँ पार्टी सदस्यमा प्रवेश गर्नु भएको थियो । पछि पार्टी एमालेसगँ आवद्द भएर जाने भएपछि उहाँ एमाले प्रवेश गरेर गाउँ पार्टी सदस्य हुनु भएको थियो । उहाँले गाउँ पार्टी सदस्यमा पदमा केही समय काम गर्दै नेकपा एमाले गाउँ पार्टी अध्यक्ष दुई कार्यकाल काम गर्नु भएको थियो । दुई कार्यकाल पश्चात् ईलाका कमिटीमा समेत दुई कार्यकाल काम गरि सातौं महाधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनु भएको थियो । दुई कार्यकाल जिल्ला कमिटीको सदस्य पदमा रहेर काम गरिसक्नु भएको उहाँ अहिलेको समकालीन राजनीतिका निकै प्रखर वक्ताको रुपमा परिचित हुनुहुन्छ । जिल्ला कमिटी सदस्य भईसकेपछि उहाँले समाज विकासलाई अझ तिव्रता दिदै विभिन्न योजनाहरुमा काम गर्दै आउनु भएको छ ।

दिल बहादुर राईसगँ कस्ता व्यक्ति लड्दै छन वडाध्यक्षमा
भोजपुर नगरपालिका वाड न:१ बाट वडाध्यक्ष उम्मेदवार प्रत्यासी प्रमुख तीन ठुला दलबाट मात्र देखिएको छ । नेकपा एमालेको तर्फबाट चुनाव चिन्ह सुर्य लिएर दिल बहादुर राई चुनावी मैदानमा हुनुहुन्छ भने सत्तारूढ दल नेकपा माओवादी केन्द्रको तर्फबाट चुनाव चिन्ह गोलाकार भित्रको हसियाँ हतौडा सहित विष्णु कुमार भजुेल र नेपाली काङ्ग्रेसको तर्फबाट चुनाव चिन्ह रुख सहित मुकुन्द रायमाझी चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । भोजपुर जिल्ला भरि नै एमाले र काङ्ग्रेसको प्रतिष्पर्धा हुने देखिएको भएता पनि यो वडामा भने माओवादी र एमालेको कडा प्रतिष्पर्धा हुने देखिएको छ । माओवादीले आफुलाई निकै बलियो ठानेको यो वडामा माओवादीको निकै चहलपहल बढेको छ । माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका भुजेल युवा नेताका रुपमा परिचित हुनुहुन्छ । वडाध्यक्षमा युवा नेताको उम्मेदवारी भएको कारण धेरैले उहाँलाई रुचाउने हुन कि भन्ने विश्लेषकहरुको ठम्याई छ । फेरी यता केही विश्लेषकहरुको भनाई अनुसार हाल सम्म कुनै पनि सामाजिक कार्यमा संलग्न नभई बसेको युवा भएको कारण पनि उनलाई कमजोर ठानिएको छ । राजनीतिमा नलागेका भुजेल यहि चुनाव ताका केही मानिसहरुको लौ लौ मा लागेर उम्मेदवारी दिएको भन्ने धेरैको भनाई छ । दिल बहादुर राई २०५६ साल देखि निरन्तर राजनीतिमा लागेर समाजसेवामा काम गरेको भएर पनि राईले नै यो निर्वाचनमा बाजि मार्छ भन्ने धेरैको भनाई छ । नेपाली काङ्ग्रेसलाई तेस्रो स्थानमा हेरिएको भएतापनि एमाले र माओवादीको यो टक्करले काङ्ग्रेसले कतै उछिन्ने त होईन भने आशंका समेत धेरै गर्दै आईरहेका छन् । रायमाझी पनि सामाजिक काममा संलग्न नभएका कारण खासै जनतामा प्रिय नभएको ठानिन्छ ।

दिल बहादुर राईले चुनाव जित्ने आधारहरु
तुलनात्मक रुपमा चुनावमा निकै बलियो मानिएको दिल बहादुर राईले वडाध्यक्षमा बाजि मार्ने धेरै आधारहरु छन् । सामाजिक काममा निकै लामो समय खर्चेका राईको पक्षमा मत खस्ने आधारहरु प्रशस्त छन् । अन्य राजनीतिक दलका उम्मेदवारहरु खासै प्रभावशाली नहुनु नै राईको जित हुने निश्चित छ । राजनीतिक हिसाबमा पनि ठुलो पहुँच भएका राई जिल्लामा प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्छ । आफ्नो वडालाई कसरी समृद्ध वडा , शिक्षित समाज र सुखि जनता बनाउन सकिन्छ भन्ने योजनालाई आफ्नो घोषणा पत्रमा उल्लेख गरेर केही दरिला प्रतिबद्धता समेत जाहेर गरेका उनले प्रतिबद्धतालाई पूरा गर्ने दखल भएका उम्मेदवार मानिन्छ । सामाजिक काममा निकै लामो अनुभव बटुलेका उनले कसरी बजेट समुचित ढंगबाट सञ्चालन गर्न सकिन्छ भन्ने ज्ञान भएका व्यक्ति समेत हुन् । वडाध्यक्ष प्रत्यासी अन्य उम्मेदवारहरु अनुभवका आधारमा निकै कमजोर ठानिएको कारण पनि राईले चुनाव जित्छ भन्ने धेरैको बुझाई छ । बालबालिकादेखि लिएर युवा र वृद्ध वृद्धाहरुसगँ उतिकै परिचित राई सबै समुदाय , सबै उमेर समुहका मानिसहरुसगँ घुलमिल हुनसक्ने स्वाभावका हुनुहुन्छ । उहाँको यस्तै विभिन्न स्वाभावका कारण चुनाव जित्न सक्छन भन्ने आधारहरु पाईएको छ । ७६९ मतदाता रहेको यो वडामा २५० मत भन्दा बढि मत राईको पक्षमा रहेको समेत धेरै आकंकन गरेका छन् । राईलाई जिताउन हरेक तह र तप्काका नेता , कार्यकर्ता , बुद्धिजीवी र युवाहरु सर्कल लागि परेका छन् । भोजपुरमा एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा हारेका बाहेक अन्य कुनै निर्वाचन हार बेहोर्नु परेको छैन । २०७० सालको संविधानसभा निर्वाचनमा यहि क्षेत्रबाट सबैभन्दा बढि मत एमालेलाई खसेको थियो ।