टंक बुढाथोकीसँगै बाला र मञ्जिता सरर (भिडियो सहित)

काठमाडौं । पछिल्लो पुस्तामा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक, संगीतकार तथा एरेञ्जर टंक बुढाथोकीको स्वरमा पुनः अर्को गितको भिडियो सार्वजनिक भएको छ । विशेष कामको सिलसिलामा अमेरिकामा रहेका बाला मगरले शब्द लेखेको उक्त गीतमा संगीत र एरेञ्ज समेत बुढाथोकी कै रहेको छ भने उनलाई अनु ढकालले स्वरमा साथ दिएकी छिन् । सरर हावा चल्यो बोलको यो गीतको भिडियो अलि अगाडी नै निर्माण गरिएको भएता पनि बाला मगर अमेरिकामा व्यस्त भएको कारण ढिलो गरी डिजिटल बजारमा ल्याईएको बताईएको छ ।
पवन गौतमको छायाँकनमा गीतकार समेत रहेका बाला मगर र मञ्जिता के।सी।ले अनस्क्रिन रोमान्स गरेका छन् । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई किरण अधिकारीले सम्पादन गरेका छन् । भिडियोलाई लाफा ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

भिडियो हेर्न क्लिक गर्नुहोस्ः

https://www.youtube.com/watch?v=2XXQB0JjkxM&authuser=0