
काठमाडौ । गायिका रेनुका थापाको ”तिम्रो मायामा” बोलको नयाँ नेपाली क्लब पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायिका रेनुका थापालाई गायक सन्तोष लामा गायनमा साथ दिएका छन्। स्वयम् आफनै शब्द,संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका छन्।
निर्देशक गम्भीर बिष्टको निर्देशनमा बनेको यस म्युजिक भिडियो एउटा रेस्टुरेन्टमा छायांकन गरिएको हो। यस क्लब गीतको म्युजिक भिडियोमा गायिका रेणुका थापा आफैं मोडलका रुपमा देख्न सकिन्छ साथमा गौरबले उनलाई साथ दिएका छन्। मेकअप आर्टिस्ट शोभा श्रेष्ठको श्रृंगार रहेको यस भिडियोलाई पबन गौतमले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका छन्।
भिडियो हेर्नुहोस्…