भोजपुर । किराँत राईहरुको संस्कृतिमा आधारित सायाबुङ अर्थात (शिरफुल) को छायांकन सकिएर प्रदशनको पर्खाइमा छ। किराँत राईहरुको संस्कृतीमा आधारित चलचित्र निर्माण भएको हो । किराँत राईहरुले मान्ने गरेको खास संस्कृतिलाई आधार मानेर निर्माण गरिएको यस चलचित्रमा संस्कृति झल्किने किसिमको दृश्यलाई प्रस्तुत गरिएको छ ।
चलचित्र सायाबुङले प्रदशन अगावै निकै चर्चा पाएको छ । चलचित्र सायाबुङ (शिरफुल) पुर्व पाँचथर जिल्लाको ऐतिहासिक स्थानहरूमा छायांकन गरिएको छ। अाफ्नो संस्कृति,भाषा,भेषभुषा,रितीरिवाजलाई जोगाउने चलचित्र को मुख्य उदेश्य रहेको छ।
सम्झाना “साया” राई को निर्माण मा रहेको यस चलचित्रमा कथाबस्तु माथी अाधारित गीतहरु रहेको छ। जसमा नेपाली तारा गायक दिपक लिम्बू/चर्चित गायिका रजिना रिमाल/गायिका दिपा लामा/गायक उदय नेम्वाङ को स्वर रहेको छ भने भगिराज राई/भत्त सुनुवार/उदय नेम्वाङ को समधुर संगीत रहेको छ।यस चलचित्र मा सम्पूर्ण कलाकार नयाँ रहेको छ।कथा ले मागे अनुसार को कलाकार रहेका छन।यस चलचित्र मा कलाकार मदन दुमी राई/निशा राई/सौजन सुब्बा/साया राई/राजन पल राई/दर्पण राई/सगुन ‘सुसारा’ लगायतका कलाकारहरुलाई देख्न सकिन्छ।
विगत लामो समय देखि कलाकारिता क्षेत्रमा लागेका गायक/संगीतकार/कलाकार/निर्देशक भगिराज राई को निर्देशन रहेको छ। राईले धेरै चलचित्र निर्देशक गरिसकेका छन्।र उहाँ युवा निर्देशक पनि हुन। यस चलचित्रलाई देव जङ थापाले सम्पादन गरेका छन्। निर्देशक राईको भनाइ अनुसार यस चलचित्रमा नेपाली,अग्रेजी भाषामा अनुवाद राखिएको छ। साथै चाडै बजारमा अाउदै छ।