भाेजपुरकाे अरूण गाउँपालिकामा ३ जना बालबालिका मृत अवस्था भेटिए

भाेजपुर । जिल्लाको पुर्वी अरूण गाउँपालिकामा ३ वालबालिका मृत अवस्थामा भेटिएको छ । आइतबारबाट हराएको बालबालिका आज विहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएको हो ।
साविककाे प्याउली–३ मा बस्दै अाएका  रन्जिव सापकाेटा १६ वर्ष, सुष्मा फुयल १४ वर्ष र प्रदिप फुयल ८ वर्षकाे रहेकाे स्थानीयवासीले जानकारी दिए । घटना कसरी भएको भन्ने बारे जानकारी नभएको र घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ३ लाइकाे लास लाइ पाेष्टमार्टमकाे लागि धरान लगिएकाे प्रहरी नायव उपरिक्षेक काजीकुमार अाचार्यले बताए । पाेष्टमार्टमकाे रिपार्ट अाएपछि मात्र थप जानकारी हुने प्रहरी नायव उपरिक्षेक अाचार्यकाे भनाइ छ ।
थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डे सहितको टोली घटना स्थलमा गएको थियाे । घटनाबारे थप अनुसन्धानकाे लागि कुकुर सहित प्रहरी अाए पनि पत्ता लगाउन नसकेकाे बताएकाे छ ।