भोजपुर । षडानन्द नगरपालिका वाड न: १३ बोयामा गएराति १ : २१ बजे एमालेका वडाध्यक्ष उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन अब १ दिन मात्र रहदा एमालेको तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेका ईन्द्र श्रेष्ठको घरलाई लक्षित गरेर बम विस्फोट गराईएको हो । घट्नाको बारेमा जानकारी गराउदै वडाध्यक्ष उम्मेदवार श्रेष्ठले भने – ” आफ्नो घरलाई नै निशाना बनाएर बम घर भन्दा माथिल्लो बाटोबाट बम प्रहार भएको बताए । म उम्मेदवार भएको यस वडामा एमालेको जित सुनिश्चित भएको कारणले म लगायत मेरो घर परिवारलाई नै लक्षित गरेर बम फ्याकिएको समेत दाबी गरे ।”
उम्मेदवारको घरलाई लक्षित गरेर बम विस्फोट गराईएको भएतापनि कुनै मानवीय क्षति भने भएको छैन । प्रारम्भिक अनुसन्धानबाट नेपाली काङ्ग्रेसको कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरी सहायक निरीक्षक तेजबहादुर मगरले बताएका छन् । घरको बलेसीमा झरेको उक्त बमले घरको संरचनामा भने क्षति पुर्याएको छ । घरको ढोका , पर्खालहरुमा बम गोली लागेर क्षति भएको हो ।