भोजपुर । बीस वर्षपछि हुन लागेकोे स्थानीय तह निर्वाचनका लागि पूर्वमन्त्रीदेखि सर्वसाधारण आफना स्थानीय नेता चुन्न भोजपुर आएका छन् ।
दोस्रो चरणअन्तर्गत हुन लागेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाबाहिर रहेका पूर्वमन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनप्रतिनिधि चुन्न गृह जिल्ला भोजपुर आइपुगेका हुन् ।
आज ७ बजेदेखि सुरु भएको मतदानमा पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिङ्खा केन्द्रबाट, पूर्वपर्यटन तथा उड्डयनमन्त्री कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट बिहान ७ बजे र १० मिनेट जादा आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
आफ्नै गाउँ भोजपुर नगरपालिकाको वडा नम्बर ५ बोखिममा रहेको पन्चकन्या माध्यामिक बिद्यालयको मतदान केन्द्रबाट मत दिनु भएको हो सो मतदान केन्द्रबाट सबैभन्दा पहिला उनले मतदान गरेका हुन् ।
यस्तै, नेकपा ९माओवादी केन्द्र० का पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट, नेकपा (एमाले) की सभासद् जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट, सङ्घीय समाजवादीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले ट्याम्के मैयुङ गाउँपालिका–३ अन्नपूर्ण मतदान केन्द्रबाट र केन्द्रीय सचिव अजम्बर काङमाङ राईले नागी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा कुल एकलाख पाँचहजार ५५३ जनाले मतदाता रहेका छन् ।