भोजपुर । एमालेले भोजपुरको तिन वटा गाउपालीकामा बिजयी भएको छ । ९ वटा स्थानीय तह रहेको भोजपुरको ३ वटा गाउपालीकाको अन्तिम नतिजा आएकोमा तिन वटामै एमालेले जित हाँसीले गरेको हो ।
पछिल्लो पटक सार्वधिक चासोको साथ हेरिएको टेम्के मैयुङ गाउपालीकामा एमालेका ध्रर्ब राई बिजयी भएका छन् । उनले नेपाली काङ्गेस, मओबादी केन्द्र र संघिय समाजबादी फोरमको संयुक्त गठबन्धनका उमेद्धार रामसिं राईलाई पराजित गरेका हुन् । राम सिं राई संघिय समाजबादीका केद्रिय सदस्य हुन् ।
यस्तै उपमेयरमा समेत संयुक्त गठबन्धनका सरोज बस्नेतलाई पराजित गर्दे एमालेकी ईन्द्रवती राई बिजयी भएकी छिन् । बस्नेत नेपाल तरुण दल भोजपुरका अध्यक्ष हुन् ।
यस्तै भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमालेका उम्मेदवार विजय राईले बिजय हाँसीले गरेका छन् । सुरुबाट नै पछी परेका राईले अन्तिम समयमा आएर २३५६ मत ल्याउँदै भोजपुरको स्थानीय तहमा पहिलो खाता खोलेका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार थाम प्रसाद राईले २३४८ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने माओवादी केन्द्रकी सम्झना राईले जीत हात पारेकी छन् । उनले २५३२ मत ल्याइन भने एमाले उपाध्यक्षकी उम्मेदवार कृतिका राईले २४७७ मत प्राप्त गरिन् ।
यसैगरी भोजपुरको पौवादुङ्मा गाउँपालिकामा पनि नेकपा एमाले विजयी भएको छ । एमाले अध्यक्षका उम्मेदवार किरण राईले १९६३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नगेन्द्र भुजेलले १८३४ मत प्राप्त गरे ।
२ नगरपालीका र ७ गाउपालीका सहित ९ वटा स्थानीय तह रहेको भोजपुरमा एमाले ४ स्थानमा अगाडी रहेको छ । भोजपुर नगरपालीका, हतुवागढी गाउपालीका, साल्पा सिलिछो गाउपालीका र आमचोक गाउपालीकामा एमालेले अग्रता लिइरहेको छ । भने षडानन्द नगरपालीका र अरुण गाउपालीकामा भने काङ्गेस अगाडी रहेको छ ।