भोजपुर बहुमुखी क्याम्पसमा सरसफाई अभियान

भोजपुर । जिल्लास्थित सुरक्षा निकायहरुको सहयोगमा स्वतन्त्र विद्यार्थी युनियन, भोजपुर बहुमुखी क्याम्पसको अगुवाईमा बुधवार भोजपुर बहुमुखी क्याम्पस परिसरको सरसफाई सम्पन्न गरिएको छ ।
क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, जिल्ला प्रहरी कार्यालय अन्तर्गत सामुदायिक सेवा केन्द्र, सशस्त्र प्रहरी बल र नेपाली सेना रणबम गुल्मका तर्फबाट सरसफाई कार्यक्रममा सामुहिक सहभागिता रहेको थियो । वर्षात लागेसंगै झाडि बढेर पठनपाठन र सरसफाईमा समस्या भएपछि सुरक्षा निकायसंगको समन्वयमा क्याम्पस परिसरमा सरसफाई गरिएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रकाशसिं राईले बताउनुभयो ।