भोजपुर। अरुण गाउँपालिका–३ प्याउलीमा ३ बालबालिकाको हत्यामा अनुसन्धान ढिला भएकोमा ध्यानकार्षण गराइएको छ । युवा संघ नेपालले आज भोजपुरमा बजारमा निकालेको दवाव ¥यालीमा सत्यतथ्य छानविन गर्न माग गरेका हुन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हत्याको अनुसन्धान शुरु गरे पनि लामो समय छानविन हुन नसकेको युवा संघको आरोप छ ।
घटना घटेको एक महिना ६ दिन वितिसक्दा समेत प्रशासन मौन भएर बस्दा हतियारले उन्नमुक्ति पाएको छ यसलाई चाडो गरेर टुंग्याउनु प¥यो युवा संघका अध्यक्ष सन्दिप राईले बताए । नेपाली सेना, प्रहरी स्थानीयवासी र कर्मचारी चुनावको समयमा त्यस क्षेत्रमा गएको कारण सबैलाई एकाएक गरेर अनुसन्धान गर्नुपर्ने अध्यक्ष राईले बताए । घटनाको अनुसन्धान नटुंगिएसम्मा थप दवाव दिइरहने युवासंघले बताएको छ ।
यता, प्रमुख जिल्लाअधिकारी गोमादेवी चेम्जोङ्गले अनुसन्धान टोलीलाई निष्पक्ष रुपमा स्थानीयवासीले गर्न नदिएमा अनुसन्धान टोली हिड्न सक्ने बताएकी छिन् । घटनाको अनुसन्धान जिरोमा झार्ने वा सय प्रतिशतमा पु¥याउनेमा स्थानीयवासीको हात रहेको प्रमुख जिल्ला अधिकारी चेम्जोङ्गले बताइन ।
हत्या लगतै क्षेत्रिय प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको भने पनि लामो समय सम्म हत्यारा पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान टोलीले अनुसन्धान थालेको हो । घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय स्तररमा संघर्ष समिति गठन गरेर विरोध तथा बन्द कार्यक्रम गरिरहेका छन् ।
गत असार १२ मा बिहान स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा र स्थानीय चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए । उनीहरू घर नजिकैको म¥याङ डाँडामा रहेको स्थानीय तोरण कार्कीको माछा पोखरीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरू गत असार १० देखि हराएका थिए ।