चितवनः भरतपुर महानगरपालिका वडानम्बर १९ को पहिलो मतपरिणाम सार्वजनिक हुँदा मेयरका उमेद्वार देवी ज्ञवालीले वडाध्यक्ष भन्दा २८ मत कम ल्याएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिश्पर्धा भइरहँदा ज्ञवालीले भने माओवादी केन्द्रका उमेद्वार रेणु दाहाल भन्दा ५९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष उमेदवार एमाले भन्दा तीन मतले मात्रै अगाडि छन् । ४०१ मत गणना हुँदा कांग्रेसले १७६ र एमालेले १७३ मत ल्याएको छ भने माओवादी केन्द्रको १० मत मात्रै आएको छ । वडाध्यक्षमा कांग्रेसबाट कर्णबहादुर गुरुङ, एमालेबाट प्रकाश तामाङ र माओवादी केन्द्रबाट खड्कबहादुर गुरुङ उमेद्वार छन् ।
तर, मेयर पदमा भने माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । उनले २०४ मत ल्याउँदा एमालेका उमेद्वार देवी ज्ञवालीको १४५ मत आएको छ ।
(नयाँपेज)