भोजपुर बहुमुखी क्याम्पसमा कार्यक्रम संयोजक नियुक्त

भोजपुर । भोजपुर बहुुमखी क्याम्पस, भोजपुरको शिक्षाशास्त्र संकायमा सहायक क्याम्पस प्रमुखसरह कार्यक्रम संयोजक नियुक्ती गरिएको छ ।
क्याम्पस प्रशासनले उप प्राध्यापक अर्जुन तामाङ्गलाई कार्यक्रम संयोजकमा नियुक्त गरी सोमवार पदभार ग्रहण गराइएको छ ।
सोमवार क्याम्पसमा प्राध्यापक, कर्मचारी र पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमका बीच कार्यक्रम संयोजक तामाङ्गले पदभार ग्रहण गर्नुभएको छ । गत वर्ष पौष महिनादेखि उक्त पद रिक्त रहेको थियो । त्रिविको आँगिक क्याम्पसमा शिक्षाशास्त्र संकाय भने सम्बन्धनबाट सञ्चालन भइरहेको हुँदा उक्त कार्यक्रम सञ्चालनको लागि कार्यक्रम संयोजकको व्यवस्था रहँदै आएको हो । शिक्षाशास्त्र संकाय अन्तरगत २०६२ सालदेखि स्नातक तह र बिसं. २०६८ सालदेखि स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिए ।