डाईमण्ड कन्सर्ट-२०७४ को लागि भिषण मुकारुङ भोजपुर आउदै ।

भोजपुर । बडा दसैं तथा दिपावलीको अवसर पारेर डाईमण्ड नेपाल , भोजपुरले आयोजना गरेको डाईमण्ड कन्सर्ट -२०७४ को लागि चर्चित गायक भिषण मुकारुङ समेत भाद्र ३१ गते भोजपुरको टुडिखेलमा आउने भएका छन् ।

गायक भिषण मुकारुङ सिंगो भोजपुरको प्रतिनिधि कलाकारका रुपमा परिचित छन् । गायक भिषण मुकारुङ नेपाली गित संगित क्षेत्रमा मीठो मीठो गितहरु पस्केर निरन्तर सांगीतिक क्षेत्रमा लागिपरेका कलाकार भित्रमा पर्छन् । भोजपुरको लागि खुशीको खवरको रुपमा डाईमण्ड कन्सर्ट हुन गईरहेको कुरा मुकारुङ बताउनु भएको छ । भोजपुरमा भिषण मुकारुङ जस्ता धेरै कलाकारहरु जन्मिन सक्छ त्यसका लागि डाईमण्ड नेपालले लिएको उदेश्यलाई सम्मान गर्नु पर्ने आवश्यकता औलाएका छन् । मुकारुङले थपे ” भोजपुरले सधैं राष्ट्रिय स्तरका कलाकारहरु जन्माई रहेको छ । त्यसैले यस्ता कलाकारहरुलाई सम्मान र संरक्षण गर्दै डाईमण्ड नेपालले लिएको यो काम प्रशंसनीय छ ।”