एउटा कबिताः महिला हिंसा

रहरको जलधिमा
तैर्याउदै स्वप्नील डुङ्गा
जीवन यात्राकी वटवी
साँचेर अथाह शक्ति र सामर्थ्य
धीर, संयम र विशालतामा
सुशेलिएको वैंश
उछालिएका छालहरूले
भिजेछन् निथ्रुक्कै १
फूलबारीमा फक्रिने रहर
थियो होला,
कोठेबारीमा झ्याङ्गिने चहाना
थियो होला
बगेपछि नियतिको बाढी
पुर्यायो समुद्र तट
बालुवाको गर्मिलो स्पर्श
डढेछन् सुकोमल पाइतालाहरू ११
उड्ने सपना थिए अनगिन्ति
बाँच्ने रहर थियो धर्ती मै
चलेपछि हिॅस्रक आँधि
खोसिएपछि गर्विला पाइला
आउन परेन ठूलो हुन्डरी
बर्षिन परेन बर्खे झरी
उडीगए सपना सारा
पखलिए आफ्नापन
हरघडी लुटिन्छन् अस्मिता १
खोसिन्छन् कुमारीत्व१
दन्किँदो बेथितिमा
धिप्धिपे मानवीयता
निभ्यो झ्याप्पै
निम्छरो कानुन
बढेको महिला हिंसा

साभारः जनतासमाचार