भोजपुरकी ५ बर्षीया बालिका तमोर नदीमा बेपत्ता

धनकुटा । धनकुटा तमोर नदीमा एक बालिका बगेर बेपत्ता भएकी छिन् । भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१, उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ तमोर नदीमा बेपत्ता भएकी हुन ।

बालिकाको दाजु तथा साथिहरुसँग पौडी खेल्ने क्रममा बिहान ११ बजे नदीले बगाएको मुलघाट प्रहरी चौकीले जानकारी दिएको छ । वालिकाको खोजी भईरहेको रहेतापनि हालसम्म कुनै पत्तो नलागेको प्रहरी जनाइएको छ ।