
संखुवासभा । संखुवासभाको माध्यमिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगीता पब्लीक स्पीच कन्टेस्ट २०७४ को छनौट कार्यक्रमबाट हालसम्म ७ जना प्रतियोगीहरु छनौट भई सकेका छन् । छनौट कार्यक्रम अन्तर्गत गत शुक्रबार एकै दिन छुट्टछुट्टै स्थानमा भएको छनौट कार्यक्रम अन्तर्गत धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालीकामा सम्पन्न भएको छ ।
जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले आयोजना गरेको प्रतियोगीताको शुक्रबार सम्पन्न छनौट प्रतियोगितामा सभापोखरी स्थीत त्रीवेणी माध्यमिक विद्यालय बाह्रवीसे ९ कक्षाका सुनिल भट्टराई, धर्मदेवी नगरपालीका नौ स्थीत महेन्द्र ज्योति मा.बि.मा कक्षा १० मा अध्यनरत छात्र सुवर्ण जिमी छनौटमा पर्न सफल भएका छन् । धर्मदेवी नगरपालिकाको छनौट प्रतियोगीताको संयोजन सयपत्री बाल क्लब आँखीभूईंले गरेको थियो भने सभापाखरीको धुपु गाउँ बाल क्लब सञ्जालले गरेको थियो ।
भने गत समयमा चैनपुर नगरपालिकाको छनौट प्रतियोगीताबाट सरस्वती मा.वि. चैनपुर कक्षा १२ की छात्रा सविना धिताल र सारदा उच्च मा.वि. कक्षा–१० का छात्र भरत अधिकारी छनौट भएका छन् । नगरपालिकाको छनौट प्रतियोगीताको संयोजन चैनपुर नगर बाल क्लब सञ्जाल र समाज स्पर्श समिति चैनपुरले गरेको थियो । त्यस्तै खाँदबारी नगरपालिकामा भएको छनौट प्रतियोगीताबाट जनता माध्यमिक विद्यालय चन्दनपुरका कक्षा ८ मा पढ्ने महिमा भट्टराई र कालिका मा.वि. कक्षा १० मा अध्ययनरत लाक्पा शेर्पा छनौट भई सकेका छन् । खाँदबारी नगरपालिकाको छनौट प्रतियोगीताको संयोजन अरुण बाल क्लब खाँदबारी ३ मानेभञ्ज्याङले गरेको थियो । त्यस्तै मादी नगरपालिकामा भएको छनौट कार्यक्रमबाट मादी उच्च माध्यमिक विद्यालय कक्षा १२ का गोपाल प्रसाईं छनौट भएका छन् ।यो प्रतियोगीताको संयोजन जुविल्याण्ट बाल क्लब मावादिनले गरेको थियो ।
छनौट प्रतियोगीता गत भाद्र १३ गतेबाट निरन्तर सञ्चालित छन् । भने २५ गतेसम्म जिल्लाको विभिन्न स्थानमा छनौट कार्यmत्रम हुने छ । महिला तथा बालबालिका कार्यालय संखुवासभा, जिल्ला बाल कल्याण संखुवासभा, समाज स्पर्श समिति चैनपुर, मकालु त्रिशक्ति समुह(माट्स नेपाल) खाँदबारी र मनाराम फाउण्डेसन लगायतले यस कार्यक्रममा सहयोग गरेको छ । बाल मैत्री स्थानीय शासनका सुचकहरु परिपुर्तिका लागि बालबालिकाको वाक क्षमतामा अभिवृद्ध गर्ने प्रमुख उदेश्यका साथ यो कार्यक्रम तयार गरिएको आयोजकले जनाएको छ । विभिन्न अडिसनहरुबाट छनौट भएका प्रतिस्पर्धीहरु भाद्र २९ गते राष्ट्रिय बाल दिवसमा हुने प्रतियोगीतामा सहभागी हुने छन् । जसबाटपहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद तथा स्टेशनरी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानएको छ ।