
काठमाडौ । अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ग्राउन्डेड भएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत भदौ १२ गते भएको उक्त घटनालाई वायुसेवा निगम व्यवस्थापनले गुपचुप राखे पनि अहिले सार्वजनिक भएको छ ।
विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटिसी) टावरले अवतरण अनुमति नदिए पनि निगमका पाइलट शेर्पाले आफूले कमान्ड गरी ल्याएको जहाजलाई जबर्जस्ती अर्को विदेशी जहाजको अवतरणमार्गमा प्रवेश गराएका थिए । आजको खबर आजको नागरिकमा छ ।