
मोबाइल वित्तीय सेवा
टेलिकमले मोबाइलबाटै विभिन्न सेवाको भुक्तानी गर्न सकिने गरी मोबाइल वित्तीय सेवा सुरु गर्ने भएको छ । टेलिकमले निजी कम्पनीसँगको सहकार्यमा यस्तो सेवा सुरु गर्ने तयारी थालेको हो । तत्कालका लागि अन्य कम्पनीसँग सहकार्य गरेर मोबाइल वित्तीय सेवा सञ्चालनमा अगाडि बढाइएको टेलिकमका सहप्रवक्ता अधिकारीको भनाइ छ । ‘आफ्नै सहायक कम्पनी खोल्नेभन्दा पनि अन्य कम्पनीसँग ‘जोइन्ट भेन्चर’मार्फत सेवा सुरु गर्ने भन्ने छ,’ उनले भने, ‘त्यसका लागि विभिन्न कम्पनीका तर्फबाट प्रस्ताव आएको छ । प्राप्त प्रस्तावको अध्ययन गरी सेवा सञ्चालन गरिनेछ ।’
टेलिकममा कामिनीका एक वर्ष
शुक्रबार कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्ष पूरा भएको छ । सोही सन्दर्भमा उनले आफ्नो एकवर्षे कार्यकाल सफल रहेको दाबी गरिन् । उनी खुला प्रतिस्पर्धामार्फत पहिलोपटक कम्पनीको प्रबन्ध निर्देशक बन्न सफल भएकी थिइन् । कामिनी कम्पनीको पहिलो महिला कार्यकारी प्रमुखसमेत हुन् ।
६ असोज ०७३ को मन्त्रिपरिषद् बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि, फोरजी सेवा सुरु गरेको करिब ९ महिनासम्म पनि सो सेवा अन्यत्र विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर विस्तारको टेन्डर आह्वानसम्म गर्न नसकेकोमा आलोचनासमेत हुने गरेको छ । जबकि टेलिकमभन्दा ५ महिना ढिलो गरी फोरजी सेवा सुरु गरेको ३ महिनामै दर्जन बढी सहरमा सो सेवा विस्तार गरिसकेको छ । सार्वजनिक खरिद ऐन तथा नियमावली पालना गर्नुपर्ने बाध्यता रहेको सरकारी कम्पनीलाई निजी कम्पनीसँग तुलना गर्न नहुने प्रबन्ध निर्देशक राजभण्डारी बताउँछिन् ।
यस्ता छन् कामिनीका उपलब्धि
ग्राहक तथा वित्तीय प्रगति
-कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ बाट १७ दशमलव २३ प्रतिशतले वृद्धि गरी कुल १ करोड ७६ लाख २ हजार २०२ पुर्याउन सफल ।
-७६ लाख ७ हजार ५६९ रहेको इन्टरनेट प्रयोगकर्ता १० दशमलव ७७ प्रतिशत बढाउँदै कुल ८४ लाख २५ हजार ८९४ पु¥याएको ।
-अघिल्लो वर्ष रु. ४४ अर्ब २१ करोड रहेको कम्पनीको कुल आम्दानी यस वर्ष करिब १ दशमलव ४५ प्रतिशत बढाई ४४ अर्ब ८३ करोड रुपैयाँ पुगेको ।
-कुल खर्च २५ अर्ब ९८ करोड भएकोमा करिब ६ दशमलव २६ प्रतिशत घटाई २४ अर्ब ३६ करोड कायम ।
-गत वर्ष १३ अर्ब २७ करोड भएको करपछिको खुद मुनाफा करिब १३ दशमलव १२ वृद्धि गरी १५ अर्ब १ करोड ।
-गत वर्ष ८८ दशमलव ४७ रहेको प्रतिसेयर आम्दानी १ सय दशमलव ११ पुगेको ।
कार्यक्रमिक उपलब्धि
-७१ स्थानका ९७ हजार २ सय २४ पुराना प्रविधिका एक्सचेन्जहरूलाई एक्सेस गेटवेले प्रतिस्थापन । चालू आवमा थप २ लाख ५० हजार लाइन प्रतिस्थापन कार्य सुरु ।
-करिब २६ हजार एडिएसएल लाइन क्षमता वृद्धि । कुल वितरित लाइनमध्ये करिब १ लाख ९० हजार लाइन आइपी प्रविधिबाट सञ्चालनमा ।
-मुलुकमै पहिलोपटक गएको पुस १७ मा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन ।
-७५ वटै जिल्लामा वाइम्याक्स विस्तार
-भूकम्पप्रभावित विभिन्न ४ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तारको कार्य सुरु ।
-अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथका लागि चीनसँग व्यावसायिक सम्झौता । यसै महिनाभित्र सेवा सञ्चालन गर्ने तयारी ।
-सिआरबिटी सेवा पुनः सञ्चालन ।
-गुणस्तरीय सेवाको विभिन्न १६ स्थानमा एकीकृत मर्मतसम्भार एकाइ स्थापना ।
-कम्प्लेन अडिटको थालनी ।
– रणनीतिक साझेदार भिœयाउन परामर्शदाता कम्पनीसँग सम्झौता ।