भोजपुर । नेपालीहरुको महान चाड बडा दशैं तथा दिपावली मनाउन देश देखि विदेशमा छरिएर बसेको हजारौं भोजपुरबासी जिल्ला आईपुगेका छन् । आफु भन्दा ठुला बढाबाट आशिर्वाद लिने र सानालाई माया बाढ्ने यो चाडमा सबै परिवारका सदस्यहरु भेटघाट तथा आफन्तहरुसगँ भटेर रमाइलो गर्ने गरिन्छ ।
विशेषत: धरान , काठमाडौं , झापा तिर बसेका भोजपुरे यतिबेला भोजपुर आईपुगेका छन् । धरानबाट भोजपुरका लागि छुट्ने बसमा टिकट पाउन हम्मेहम्मे परेको छ । झापाबाट दशैं मनाउन भोजपुर आएका भोजपुरको बैकुण्ठे निबासी सुबास राई बताउँछन् ” धरानबाट भोजपुर आउन निकै कष्ट गर्नु पर्यो ।”
दशैं लागेपछि जिल्लामा बसबाट नै १० हजारभन्दा बढि मानिस आईपुगेको पानीट्याङ्की टिकट काउन्टरका तेम्पा शेर्पा बताउँछन् । उनलेे थपे “धरानका बसहरु भोजपुरसम्म नआएकोले धेरै यात्रुहरु पैदल यात्रा गरेर नै जिल्ला आईपुगेका छन् ।” भोजपुरको स्थानिय बसहरुले मात्र यतिबेला जिल्लाको बस काउन्टरसम्म यात्रु ल्याउने गरेको छ ।
दशैं मनाउनका लागि जिल्ला आईपुगेका भोजपुरका आम मानिस दशैं सकिन साथ फर्केर जाने शेर्पाले बताउनु भएको छ ।