
भोजपुर । नेपाली तारा सिजन – ३ का विजेता गायक प्रताप लामा र नेपाल आईडलबाट चर्चा पाएकी प्रमिला राईको सहकार्य ‘कान्छा’ बोलको गितको भिडियो सहित सार्वजनिक भएको छ ।
गायक प्रताप लामाको शब्द तथा संगितमा रहेको उक्त गितमा गायिका प्रमिला राईले निकै मीठो आवाज पस्केकी छिन् । नेपाल आईडलको हरेक राउन्डमा मीठो स्वर पस्किने प्रमिलाले यो पटक झनै आफ्नो कलालाई माथि उठाएकी छिन् ।
यो गितमा प्रमिला राईको आवाज सुन्न सकिन्छ भने प्रताप लामाको शब्द र संगित पाउन सकिन्छ । यो गितलाई गोपाल रसाईलीले एरेन्ज गरेका छन् भने सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनयलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका छन् । गितको म्युजिक भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका छन् ।
( भिडियो हेर्नुस् )