
धनकुटा । नेपाली हिन्दुहरुको महान पर्व दशै शुक्रबारबाट बिदा भएको छ । दशैको बेला शहरमा बन्दा पनि गाउँमा रमाइलो हुने गर्छ । त्यस्तै रौनकको दृश्य देखियो धनकुटाको महालक्ष्मी नगरपालीकाको मुर्तिढुङगामा भन्ने ठाउँमा ।
मुर्तिढुङगामा दशैलाई रमाइलो बनाउन शिक्षण पेशामा अर्को गाउ पुगेका दिपक काफ्ले (डाँडाघरको कान्छो) अध्ययन र रोजगारीकालागि काठमाण्डौ बस्दै आएका सुरज काफ्ले (तखतीघरको कान्छो) योगेशबाबु काफ्ले (सिमबारीको जेठो) सहितको टोलिले नेपालका मौलिक बाजा र गितहरु प्रस्तुत गरेर दशैलाई अबिस्मरणीय बनाएका छन् ।
उक्त प्रस्तुती मध्ये एउटा प्रस्तुती हामीले यहाँहरुलाई प्रस्तुत गरेका छौ । दशैलाई फेसनको रुपमा हैन सांस्कृतीक उत्सबको रुपमा बनाउनु पर्छ भन्ने प्रेरण सबैमा मिलोस भन्दै यो भिडियो प्रस्तुत गरेका छौ ।