लहान । लाइसेन्स लिने सोच गर्दै हुनुहुन्छ यहाँ जानुहोस् । ट्रायल दिदाँ फेल भए पनि सगरमाथा अंचल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्र दिने गरेको खुलेको छ । लाइसेन्सको लागि दिएको परिक्षमा ठूलो परीक्षामा आर्थिक चलखेल भएको रहस्य खुल्न आएको हो । घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ।
पहिलो चरणमा पास नभएर दोस्रो चरणमा ट्रयाल दिएका तर उक्त चरणमा पनि धेरैजना फेल भएका थिए। तर सबैको मिलेमतोमा उनीहरुलाई पास गरिएको पाइएको छ। दर्ता नम्बर ३४७३२६९१८८१ एन भएका कासिन्द्र साह ट्रयाल परीक्षामा फेल भए पनि उनलाई पास भएको चिट दिइएको छ। उनी फेल भएको भिडियो नै फेला परेको छ।