साउदीमा पाँचथरको टिकारामको सवारी दुर्घटनामा ज्यान गयो

साउदी । साउदी अरबमा सवारी दुर्घटनामा परी पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको ज्यान गएको छ ।

शनिबार सामान किन्न गएका लाम्गादेलाई मोटरसाइकलले ठक्कर दिएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । शवलाई नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।