विजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरम छाेड्रदै, कांग्रेसमा प्रवेश गर्ने

काठमाण्डौ । पाटीभित्र बाम मोर्चमा जाने की लोकतान्त्रिकमा जाने बहस भइरहेको वेला नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने बहस भइरहदाँ व्यापक विवाद भैरहेको समयमा गच्छदारले आफै नेपाली कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिए ।

गच्छदारले पछिल्लो समय स्थानीय तहको निर्वाचन सकेपछि कांग्रेसमा प्रवेश गर्ने योजना बनाएका थिए । पार्टीभित्र नेता जितेन्द्र देवले अर्को समूहको नेतृत्व गरेको खुलेपछि गच्छदारले कांग्रेस प्रवेशमा ढिलाई गरेका थिए ।

अहिले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र बृहत्त वाम एकता गर्ने सहमति भएपछि कांग्रेसको नेतृत्वमा बृहत्त लोकतान्त्रिक मोर्चा बनाउनुपर्छ र अघि बढ्नुपर्ने भन्दै यसको लागि दिनरात मेहनतमा नेता गच्छदार समेत लागिपरेका छन् ।