काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्ने भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी ९८ हजार २ सय ६८ म्यादी प्रहरीको भर्ना खुलाएको हो ।
असोज २४ बाट ३० गतेसम्म म्यादी प्रहरीका लागि दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रत्येक जिल्लाहरुमा दरखास्त दिन सकिनेछ ।
म्यादी प्रहरीको अवधि ५५ दिनको रहने सूचनामा उल्लेख छ । म्यादी प्रहरीलाई नेपाल प्रहरीको जवान सरह सेवा सुविधा उपलब्ध गराउने प्रहरी हेडक्वाटरको सूचनामा उल्लेख छ ।
कार्तिक ५ गतेदेखि ८ गतेसम्म छनोट तथा १० गते नतिजा प्रकाशित हुनेछ । म्यादी प्रहरीले कार्तिक १२ गतेदेखि २४ गतेसम्म प्रशिक्षण लिएर चुनावी क्षेत्रमा खट्नु पर्नेछ ।
हेर्नुहाेस्