
संखुवासभा । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले संखुवासभामा बाल विवाह विरुद्ध बालिका अभियानको शुभरम्भ गरेको छ । म बालिका भएकीले भन्ने नाराका साथ बुधबार भएको अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा यो अभियान सुरु भएको छ । संखुवासभा भरिका बालिकाहरुको पहिलो जिल्ला स्तरिय बालिकाहरुको भेला गरि यो अभियानको सुरुवात गरेको हो । संखुवासभाको विभिन्न क्षेत्रमा १ बर्ष १ महिना ११ दिन यो कार्यक्रम सञ्चालन हुनेछ । १५ बर्षिय बालिका मादी नगरपालिका वडा नं. ८ मावादिनकी सन्ध्या लिङ्थेपको संयोजकत्वमा जिल्ला स्तरिय अभियान टोलि निर्माण भएको हो ।
सामाजिक र कानुनी रुपमा अपराध मानिने बाल विवाह संखुवासभाको हरेक क्षेत्रमा दिनदिनै बढ्दो अवस्थामा छ । बालबालिकाले आफै नबुझेर, पारिवारिक करकाप तथा कुरितिका कारण यसको संख्या बढेको जिल्ला बाल क्लब समन्वय समितिको अध्यक्ष खेवाहाङ मेवाहाङले विचार व्यक्त गरे । अभियानले पहिलो ३ महिना अभियानको सदस्यता वितरण कार्यक्रम राखेको छ ।
जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय, प्लान इन्टर नेशनल नेपाल लगायत बालबालिका सम्बद्ध निकायको समन्वयमा यो अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला व्यपि रुपमा जनचेतनामुलक कार्यक्रमहरु यस अभियान टोलिले सञ्चालन गर्नेछ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासले सामाजिक सुधारका निमित्त जिल्ला बाल क्लब समन्वय समितिले गरेको कृयाकलापहरु सरहनीय रहेको बताए । उनले भनेयो अभियान अत्न्तै राम्रो भएको भन्दै यसको जिल्लाका सबैले हातेमालो गर्न समेत अनुरोध गरे ।
नेपालको संसोधित मुलकी ऐनले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरेको छ । गरेमा कानुनले तोकेको उमेर नपुगी गरेको विवाह मानि दण्डसजायको समेत व्यवस्था गरेको छ ।